आफ्ना अधिकारहरू थाहा पाउनुहोस्
तपाईंलाई प्रत्यक्ष रूपमा बयान दिनका लागि भाषा अनुवाद आवश्यक परेमा, बैठक हुनुभन्दा कम्तीमा पाँच व्यवसाय दिन अगावै 503-797-1916 मा फोन गरेर मेट्रो परिषद् कार्यालयमा अनुरोध गर्नुहोस्।
तपाईंलाई असक्षमताको कारणले वा प्रत्यक्ष रूपमा बयान दिनका लागि सेवा वा आवासहरू आवश्यक परेमा, बैठक हुनुभन्दा कम्तीमा 24 घण्टा अगावै 503-797-1916 मा फोन गरेर मेट्रो परिषद् कार्यालयमा अनुरोध गर्नुहोस्।
थप जान्नुहोस्
तपाईं आफ्ना टिप्पणी, प्राथमिकता र सुझावहरू विभिन्न तरिकामा मेट्रो परिषद्सँग साझा गर्न सक्नुहुन्छ। तपाईंको सहायताले नीति निर्णयहरूमा प्रभाव पार्न सक्छ। यो हाम्रो क्षेत्रमा निर्णय निर्माणका लागि स्थायी रेकर्डको भाग बन्ने छ।
तपाईं परिषद्का बैठकहरूको
अवधिमा बयान दिन सक्नुहुन्छ
प्रत्येक परिषद्को बैठकको सुरुवातमा, मेट्रो परिषद्को अध्यक्षले मानिसहरूलाई कार्यसूचीमा हुन वा नहुनसक्ने शीर्षकहरूमा बयान प्रस्ताव गर्नका लागि निमन्त्रणा दिनुहुन्छ। परिषद्को बैठकको यो भागलाई "सार्वजनिक सञ्चारहरू" भनिन्छ।
अध्यादेशहरूमा सार्वजनिक सुनुवाईहरू
कानूनले सार्वजनिक सुनुवाईका लागि मेट्रो परिषद्का सबै अध्यादेशहरू खुला राख्न आवश्यकता जनाउँछ। अध्यादेशहरूमा सार्वजनिक सुनुवाईहरूको बेलामा, सर्वसाधारणले परिषद्को कुनै पनि वैधानिक कार्यवाही हुनुअघि टिप्पणीहरू प्रस्ताव गर्न सक्छन्।
समाधानहरूमा सार्वजनिक सुनुवाईहरू
कानूनलाई परिषद्का समधानहरूमा सार्वजनिक सुनुवाईहरू आवश्यक हुँदैनन्। तर स्वीकृत प्रस्तावमा सर्वसाधारणले गरेका टिप्पणी परिषद्को अध्यक्षको निर्णयमा स्वीकार गरिन्छ।
तपाईं लिखित टिप्पणीहरू अनलाइनमा साझा गर्न पनि सक्नुहुन्छ
तपाईं कुनै पनि समयमा मेट्रो परिषद्लाई अनलाइनमा बयान पेश गर्न सक्नुहुन्छ। तपाईंका टिप्पणीहरू उक्त बैठकको रेकर्डको भाग हुनका लागि आफ्नो रूचिको निर्धारित मेट्रो परिषद् बैठक हुनुभन्दा एक दिनअघि साँझ 4 बजेसम्म पेश गर्नुहोस्। बैठकहरू सुरु हुनअघि, मेट्रो परिषद्का सदस्यहरूले अन्तिम मितिसम्म पेश गरिएका टिप्पणीहरू प्राप्त गर्नुहुन्छ।
टिप्पणीहरू अनलाइनमा पेश गर्नुहोस्
बैठकमा टिप्पणीहरू कसरी दिने
सार्वजनिक बैठकहरू व्यक्तिगत रूपमा र अनलाइन दुवै हुने गर्छन्।
तपाईं बिहीबार बिहान 10:30 बजे Metro Regional Center मा व्यक्तिगत रूपमा काउन्सिल बैठकहरूमा सामेल हुन सक्नुहुन्छ वा जुम मार्फत अनलाइनमा सामेल हुन सक्नुहुन्छ। यदि तपाईंलाई बैठकमा अनलाइन पहुँच गर्न सहायता आवश्यक छ भने, कृपया बैठकभन्दा कम्तीमा दुई कार्यदिवस अघि 503-813-7591 मा विधायी समन्वयकलाई फोन गर्नुहोस् वा [email protected] मा इमेल गर्नुहोस्।
बैठक हुनुअघि
- तपाईंको रूचिको शिर्षक समेटिएको छ वा छैन भनी हेर्न बैठकका एजेन्डाहरू हेर्नुहोस्। प्रत्येक बैठकको सुरुवातमा एजेन्डाको सार्वजनिक सञ्चारको भागमा टिप्पणीहरू एजेन्डामा नभई शीर्षकहरूमा गर्न अनुरोध गरिएका छन्। विशेष अध्यादेशहरूको बयान उक्त वस्तुका लागि निर्धारण गरिएको सार्वजनिक सुनुवाईको अवधिमा हुन्छ।
- (वैकल्पिक) [email protected] मा वैधानिक समन्वयकलाई इमेल गरेर अग्रिम रूपमा साइन अप गर्नुहोस्। तपाईं बैठकको एजेण्डामा भएको शीर्षकमा टिप्पणी गर्न चाहनुहुन्छ भने समन्वयकलाई थाहा दिनुहोस्। बैठकको दिनको दिउँसोसम्म साइन अप गर्ने मानिसहरू टिप्पणीहरू दिनका लागि लाइनको अगाडि हुनेछन्। सार्वजनिक टिप्पणी दिन अग्रिम रूपमा साइन अप गर्न आवश्यक पर्दैन।
- सार्वजनिक बयान प्रति व्यक्ति तीन मिनेटमा सीमित हुन्छ। तपाईंसँग पर्याप्त समय छ भनी सुनिश्चित गरी आउटलाइन तयार गर्नका लागि पहिले नै अभ्यास गर्न सहयोगी हुन सक्छ जसकारण तपाईंले आफ्नो बयान शब्द-शब्दमा पढ्नुहुँदैन। व्यक्तिहरूको उल्लेखनीय सङ्ख्याले बयानमा साइन अप गर्नुहुन्छ भने, सबैजनालाई बोल्ने अवसर दिइएको छ भनी सुनिश्चित गर्न प्रति व्यक्ति तीन-मिनेटसम्मको बयानको समय घटाइएको गरिएको हुन सक्छ।
अनलाइन बैठकमा
- बैठकको दिन, मेट्रो परिषद् पात्रको पृष्ठ भिजिट गर्नुहोस्। तपाईं सामेल हुन चाहनुभएको बैठक फेला पार्नुहोस् र तपाईंको कम्प्युटरमा संलग्न हुन स्थानको लिङ्कलाई क्लिक गर्नुहोस्। तपाईंले फोनद्वारा संलग्न हुन प्राथमिकता दिनुहुन्छ भने, वेब पृष्ठमा सूचीबद्ध गरिएको फोन नम्बर डायल गर्नुहोस्। तपाईं अनलाइन बैठकमा पहिलो पटक सहभागी हुँदै हुनुहुन्छ भने लग इन गर्न आफूलाई केही थप समय दिनुहोस्।
- कार्यसूचीको सार्वजनिक सञ्चार अंश वा अध्यादेशमा सार्वजनिक सुनुवाईको लागि प्रतीक्षा गर्नुहोस्। तपाईंले अग्रीम रूपमा साइन अप गर्नुभएको छ भने, तपाईंको पालो आएपछि तपाईंको नाम भनिनेछ। तपाईंले अग्रीम रूपमा साइन अप गर्नुभएको छैन भने, भर्चुअल रूपमा ''आफ्नो हात उठाउन'' निर्देशनहरूका लागि सुन्नुहोस्।
- ''रेकर्डका लागि मेरो नाम ______ हो'' भनेर आफ्नो बयान सुरु गर्नुहोस्।
- ''परिषद् अध्यक्ष र परिषद्का सदस्यहरूको रूपमा परिषद्लाई सम्बोधन गर्नुहोस्।
- तपाईंले निर्धारित परिषद्को निर्णय बारे इन्पुट साझा गर्नुहुन्छ भने, तपाईंले वैधानिक मापनलाई सहायता गर्नुहुन्छ वा विरोध गर्नुहुन्छ भनी भन्नुहोस्। विस्तृत रूपमा कारण व्याख्या गर्नुहोस्। सम्भव भएसम्म धेरै तथ्यहरूको साथमा तपाईंका व्यक्तिगत विचारहरूलाई समर्थन गर्नुहोस्।
व्यक्तिगत रूपमा तपाईंका टिप्पणीहरू कसरी दिने
परिषद् च्याम्बर पोर्टल्याण्डको लियोड् मा रहेको Metro Regional Center, 600 NE Grand Ave. मा अवस्थित छ।
कृपया कोभिड-19 महामारीका कारण सबै मेट्रो सार्वजनिक बैठकहरू Zoom मा आयोजना गरिएका छन् भन्ने कुरालाई ध्यानमा राख्नुहोस् तपाईंलाई अनलाइन बैठक पहुँच गर्न सहायता आवश्यक भएमा, कृपया बैठकअघि कम्तिमा 2 व्यावसायिक दिनमा 503-797-1916 मा वैधानिक समन्वयकलाई कल गर्नुहोस्।
बैठक हुनुअघि
- एजेण्डामा छ वा छैन भनी हेर्न बैठकभन्दा पहिले अनलाइन वा परिषद् च्याम्बरहरूमा अग्रिम रूपमा बैठकका एजेण्डाहरू हेर्नुहोस्।
- सार्वजनिक बयान प्रति व्यक्ति तीन मिनेटमा सीमित हुन्छ। तपाईंसँग पर्याप्त समय छ भनी सुनिश्चित गरी आउटलाइन तयार गर्नका लागि पहिले नै अभ्यास गर्न सहयोगी हुन सक्छ जसकारण तपाईंले आफ्नो बयान शब्द-शब्दमा पढ्नुहुँदैन। व्यक्तिहरूको उल्लेखनीय सङ्ख्याले बयानमा साइन अप गर्नुहुन्छ भने, सबैजनालाई बोल्ने अवसर दिइएको छ भनी सुनिश्चित गर्न प्रति व्यक्ति तीन-मिनेटसम्मको बयानको समय घटाइएको गरिएको हुन सक्छ।
- नक्सा वा अन्य साहित्य जस्ता कुनै पनि समर्थित सामग्रीका 10 (दश) प्रतिलिपिहरू र तपाईंको लिखित बयानका थप प्रतिलिपि ल्याउनुहोस्। तपाईंलाई बयान दिन भनेपछि वैधानिक समन्वयकलाई ति प्रतिलिपिहरू दिनुहोस्।
बैठकमा
- तपाईं बैठकमा आइपुग्नुभयो र तपाईंको वस्तु एजेण्डामा छैन भने, तपाईंले बैठकको सार्वजनिक सञ्चार अंशको अवधिमा बयान दिनुपर्छ वा पर्दैन वा तपाईंको वस्तुलाई अर्को समयमा निर्धारित गरेपछि तपाईं बयानमा फर्कनुपर्छ वा पर्दैन भनी वैधानिक समन्वयकलाई सोध्नुहोस्।
- तपाईंको नाम, ठेगाना र एजेण्डा वस्तु (लागूयोग्य भएमा) बयान कार्ड भर्नुहोस्। वैधानिक समन्वयकलाई कार्ड दिनुहोस्। तपाईं आफ्नो कार्ड दिन उपस्थित हुनुपर्छ। परिषद्ले प्रति व्यक्ति, प्रति बैठकको लागि एउटामात्र कार्ड दिन्छ। परिषद् अध्यक्षले सार्वजनिक सदस्यहरूलाई बोल्न भनिन्छ भन्ने आदेश निर्धारण गर्नुहुन्छ।
- तपाईंलाई बयान दिनको लागि बोलाउँदा, अगाडिको कक्षमा जानुहोस् र टेबलमा माइक्रोफोन लगाएर बस्नुहोस्। ''रेकर्डका लागि तपाईंको नाम ______ हो भन्दै आफ्नो बयान सुरु गर्नुहोस्।
- ''परिषद् अध्यक्ष र परिषद्का सदस्यहरू'' को रूपमा परिषद्लाई सम्बोधन गर्नुहोस्।
- तपाईंले एजेण्डामा वैधानिक मापनलाई समर्थन गर्नुहुन्छ वा विरोध गर्नुहुन्छ भनेर सुरु गर्नुहस्। विस्तृत रूपमा कारण व्याख्या गर्नुहोस्। सम्भव भएसम्म धेरै तथ्यहरूको साथमा तपाईंका व्यक्तिगत विचारहरूलाई समर्थन गर्नुहोस्।
आफ्ना टिप्पणीहरू मेलद्वारा कसरी दिने
- मेट्रो परिषद्को ध्यानाकर्षणका साथ 600 NE Grand Ave. Portland, OR 97232 मा लिखित बयान मेल गर्नुहोस्।
- आफ्नो नाम र सम्पर्क जानकारी समावेश गर्नुहोस्।
- नक्साहरू वा अन्य साहित्य जस्ता कुनै पनि सहायक सामग्रीका दश (10) प्रतिलिपिहरू समावेश गर्नुहोस्।
- तपाईंले पेश गर्न लागेको बयान आगामी परिषद् बैठक वा सार्वजनिक सुनुवाईको लागि कार्यसूचीको शीर्षकसँग सम्बन्धित छ वा छैन भनी आफ्ना टिप्पणीहरूमा पहिचान गर्नुहोस्। बैठकको रेकर्डको भाग हुनका लागि बैठक सुरु हुनु अगावै बयान प्राप्त गरेको हुनुपर्छ।
- तपाईंको बयान परिषद् बैठकको निर्धारित समय अगाडि प्राप्त गरिएमा तपाईंको बयानका प्रतिलिपिहरू परिषद्लाई उपलब्ध गराइने छ।